AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा युवालाई लक्षित गरी उदय परियोजना संचालन गरिदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०८२, बुधबार १८:४४
72
Shares
इलाम/कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले कोशी प्रदेशमा युवालाई लक्षित गरी उदय परियोजना संचालन गरिएको बताएका छन्। ।

इलामको सूर्योदय नगरपालिका ३ बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको पार्कको उद्घाटन गर्दै आज मुख्यमन्त्री कार्कीले नवप्रर्वतन कार्यक्रम मार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना संचालन गर्न लागिएको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले युवा लक्षित उदय परियोजना कार्यक्रम भोली सुनसरीको इटहरीमा हुने कार्यक्रम मार्फत शुभारम्भ गरिने जानकारी दिए । उनले उक्त कार्यक्रममा लागनी गर्नका लागि कोशी प्रदेशका बिभिन्न बैंकको छनौट गर्ने काम सम्पन्न भैसकेकाले साना , मझौला युवा उद्योगीले सहजै ३० लाखदेखि तीन करोडसम्म सहुलियत ब्याजदरमा ऋण पाउने जानकारी दिए।

कोशी प्रदेश सरकारले स्वीस सरकार संगको समन्वयमा आर्थिक बर्ष २०८२/८३ को बजेटमा आठ अर्व रकम बिनियोजन गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले भने ‘युवालाई उद्योग संचालन गर्न सहयोग गरी ब्यवसायिक बनाउनका लागि प्रदेश सरकारले दुई बर्ष भित्रमा आठ करोड रुपियाँ लगानी गर्ने योजना बनाएको छ। यसले बेरोजगारी समस्या समेत समाधान गर्ने छ ।’

मुख्यमन्त्री कार्कीले हिमाली र पहाडी जिल्लामा सहुलियतमा १० लाखसम्म ऋण उपलब्ध गराईने छ । ३० देखि ४० प्रतिशत धितोमा उक्त ऋण प्रवाह गरिने कार्कीले जानकारी दिए।

कोशी प्रदेश सरकारले गत बर्षदेखि युवालाई लक्षित गरी ब्याज अनुदान कार्यक्रम समेत संचालन गर्दै आएको मुख्यमन्त्री कार्कीले जानकारी दिए। प्रदेशले कृषि मन्त्रालय मार्फत छ करोड रुपियाँ रकम बिनियोजन गरी शुरु गरेको ब्याज अनुदान कार्यक्रममा १५० बढी परियोजना संचालनमा रहेका छन । उक्त ब्याज अनुदान कार्यक्रममा जम्मा लगानीको छ प्रतिशत रकम प्रदेश सरकारले ब्यर्होर्दै आएको मुख्यमन्त्री कार्कीले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले उक्त ब्याज अनुदान कार्यक्रमले पहाडी क्षेत्रमा बढ्दै गएको बसाँई सराईलाई रोक्न समेत सहयोग पुग्ने बताए । उनले बुद्धपार्क निर्माणले कोशी प्रदेशमा अर्को नयाँ पर्यटकीय गन्तब्य समेत थपिएको बताउदै आगामी दिनमा पार्कमा आवश्यक पर्ने थप संरचना निर्माण गर्न प्रदेश सरकारले जिम्मा लिने बताए। उनले बुद्धपार्कलाई कोशी प्रदेश सरकारले धार्मीक पर्यटकीय क्षेत्रको सूचीमा सूचीकरण गर्ने बताए।

उदघाटन गरिएसंगै बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको बुद्धपार्क संचालनमा आएको छ । कोशी प्रदेश , संघीय सरकार र सूर्योदय नगरपालिकाको आठ करोड हाराहारी लगानीमा निर्माण भएको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क निर्माण थालिएको ११ बर्षमा संचालनमा आएको हो ।

१७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क नेपाल , भारत लगायत तेस्रो देशका पर्यटकका लागि प्रमुख गन्तब्य भएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले जानकारी दिए।

पार्कको उद्घाटन गर्नु अघि बुर्ध धर्म गुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछे सहितका धर्म गुरुबाट प्राण प्रतिष्ठान गरीएको थियो । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गाकुमार बरालले उक्त पार्क संचालनमा आएपछि सूर्योदय नगरपालिका भित्र अर्को पर्यटकीय गन्तब्य थपिएको बताउदै स्थानीय पर्यटन प्रवर्धन संगै आर्थिक आयआर्जन समेत बढने बताए। उक्त पार्कसंगै स्थानीय पर्यटन ब्यवसायीले समेत अन्य पर्यटकीय संरचना निर्माण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर