बोके दाह्रीको ‘टिकापुर कैलाली’ सार्वजनिक (भिडियो सहित)

खबर पूर्वाञ्चल, १४ आश्विन २०७८, बिहीबार १८:२६

विराटनगर / पूर्वका चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनीक भएको छ ।

‘टिकापुर कैलाली’ बोलको गीत उनले आज सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनीक गरिसकेका छन् ।

श्रीकृष्ण लुईटेल (बोके दाह्री) को स्वर र संगीतमा रहेको उक्त गीतको जोनी योञ्जनले एरेन्ज रहेको छ ।

सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै दिनेश कोइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगिता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । भिडियोमा हेमन्त तामाङको सम्पादन रहेको छ ।

उनका ‘ए बा किन्देउन भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५