AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७८, आईतवार १५:१२
189
Shares
विराटनगर / प्रदेश १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकका निर्णय बारे जानकारी दिदै यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए ।

प्रदेश १ मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर