पूर्वाञ्चल खबर
गत भदौ १० गते आएको भीषण बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो निज व्यक्त गर्दै हिसान मोरङले उक्त राहत रकम संकलन गरेको हो।
विराटनगरमा आज पत्रकार सम्मेलनको आयोेजना गरि हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी गराए । अध्यक्ष ढकालका अनुसार सदस्य विद्यालयहरूबाट संकलित उक्त रकममध्ये २६ लाख ३३ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र २८ लाख ३२ हजार २७९ रुपैयाँ हिसान केन्द्रु को खातामा जम्मा गरिएको छ।
बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हिसान मोरङले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विपद्को यो कठिन परिस्थितिमा पीडितहरूको उद्धार र पुनः स्थापनाका लागि सरकारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउँदै हिसान मोरङले प्रभावित क्षेत्रमा द्रुत गतिमा पुनस्स्थापना र पूर्वाधार निर्माणका कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको छ। साथै, संस्थाले भविष्यमा पनि शैक्षिक विकासका साथै मानवीय र सामाजिक विपद्को अवस्थामा निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।
सहयोग गर्ने प्रमुख विद्यालयहरू र रकम विवरण ः
शिक्षादीप कलेज १३ लाख ५२ हजार, अरनिको कलेज १० लाख ९ हजार ९०९, विकेभिएम कलेज १० लाख, मेरिल्याण्ड कलेज ५ लाख ९१ हजार ९९९, अर्किड कलेज ५ लाख ९ हजार ३४९,
कान्तिपुर कलेज ४ लाख ३५ हजार ६९९, सगरमाथा कलेज २ लाख १ हजार, ग्रीनल्याण्ड कलेज १ लाख ५५ हजार ५५५, रेड स्टार कलेज १ लाख ५५ हजार ५५५, सोम्स कलेज ७९ हजार ५५५ भानु कलेज २५ हजार, निहारिका कलेज २५ हजार, लर्डबुद्ध कलेज २६ हजार र सिद्धार्थ कलेज ५ लाख ५ हजार