मैले हारे पनि सधै जनताको सेवामा समर्पित हुन्छु : पर्शुराम बस्नेत

खबर पूर्वाञ्चल, ११ मंसिर २०७९, आईतवार १९:३२
657
Shares
विराटनगर / मोरङ क्षेत्र नम्बर ६(२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य पर्शुराम बस्नेत (कृष्ण) सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै निरन्तर जनताको सेवामा समर्पित हुने बताएका छन् ।

आज धन्यवाद ज्ञापनका लागि पत्रकार सम्मेलनको आयोजना गर्दै उनले क्षेत्रका सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी, सञ्चारकर्मी पार्टीका नेता कार्यकर्ता तथा शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका हुन् ।

उनले भने, ‘अझै जनताको माझमा रहेर काम गर्न र जनताको मन जित्न बाँकी रहेको महशुष मलाई भएको छ, अहिलेका कमजोरीहरुलाई हटाउँदै जनताको माझमा रहेर काम गर्नेछु ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साह, नेकपा एमालेको मोरङ ६(२) निर्वाचन परिचालन कमिटीका संयोजक मीनकुमार आचार्यलगायतले सम्पूर्णलाई बधाई ज्ञापन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५