खबर पूर्वाञ्चल
इटहरी स्थित क्षेत्रिय रंगशालामा आज सम्पन्न पहिलो खेलमा न्यु स्टार क्लब बराहक्षेत्रले धरानको गोधुली क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । न्यू स्टारको जितमा खेलको म्यान अफ द म्याच सन्दिप श्रेष्ठले दोस्रो हाफको छैठौ मिनेटमा निर्णायक गोल गरे ।
आजैै भएको दोस्रो खेलमा दुहबीको एलेभेन एरोज क्लबले दुहबीकै गोल्डेन स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । एलेभेन एरोजको जितमा विशाल राईले पहिलो हाफको ३७ औ मिनेटमा निर्णायक गोल गरे । श्रेष्ठ नै उक्त खेलको म्यान अफ द म्याच घोषित भए ।
भोलीको पहिलो खेल धरानको टेम्के क्लब र धरान फुटबल क्लब बिच हुँदा दोस्रो खेल इटहरीको राष्टिय जागृती क्लब र इटहरी फुटबल क्लब बिच हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया