प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

खबर पूर्वाञ्चल, २९ पुष २०७९, शुक्रबार १७:५८
369
Shares
फाइल तस्वीर

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।

प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो । सत्ता गठबन्धनमा ६० मत रहे पनि सत्ता गठबन्धन बाटै माओवादीका बाबुराम गौतम हिजो मात्रै सभामुखमा निर्वाचित भएका थिए ।
विपक्षी गठबन्धनमा काँग्रेस र एकीकृत समाजवादीका ३३ सांसद रहे पनि काँग्रेसका १ सांसद उपस्थित भएका थिए ।

नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद सत्ता गठबन्धनमा छन् भने विपक्षी गठबन्धनमा काँग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५