खबर पूर्वाञ्चल
वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आगामी निर्वाचनबाट आफुहरु नेतृत्वमा आउने दावी गर्दै प्रगतिशिल प्यानलबाट अध्यक्षका उम्मेदवार बसन्त अधिकारीले देखिनेगरिको संगठन बनाईने बताए ।
विराटनगरमा आज उम्मेदवार परिचयात्मक कार्यक्रम सहित १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उनले कोभिड १९ को संक्रमणमा समयमा नेतृत्व चुकेको आरोप लगाए । उनले आफ्ने प्यानलका उम्मेदवा विजयी भए लगत्तै संगठनको धारणा सार्वजनिक .गरिने बताए । उनले भने,‘ स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको दरवन्दी सिर्जना र यसका लागि पैरवी गरिने छ ।’
३० वर्षदेखि एउटै विचारधाराको नेतृत्व रहेका कारण जनस्वास्थ्य संघले गतिलिन नसकेको उनले बताए । संगठन विस्तारमा नेतृत्वको ध्यान पुग्न नसकेको अधिकारीले बताए । उनले आगामी निर्वाचनबाट चेनब्रेक हुने दावी समेत गरे । प्रगतिशिल प्यानलमा अनुभवि व्यक्तिहरु रहेको उनले बताए । अधिकारीले भने,‘ यो टिम जनस्वास्थ्य संघलाई नेतृत्व गर्न सक्षम छ ।’
बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा लामो समयदेखिको अनुभव लिएका व्यक्तिहरु प्रगतिशिल प्यानलमा रहेकाले आफ्नो समूहको जित निश्चित भएको महासचिवका उम्मेदवार कैलाशखाकी श्रेष्ठले बताए । उनले प्रदेश १ बाट उम्मेदवारसहितको अभियान शुरुवात गरिएको समेत बताए ।
प्रगतिशिल प्यानलबाट उपाध्यक्षमा सुर्शन पौडेल, महासचिवमा कैलाशखाकी श्रेष्ठ, सचिवमा तेजप्रसाद दुलाल, कोषाध्यक्षमा डमरुप्रसाद पनेरु, सहकोषाध्यक्षमा हईकली थापालगायत रहेका छन् ।
आगामी पुस २४ गते हुने जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाण्डौंमा गरिने व्यवस्था मिलाईएको छ । मतदानमा १ हजार ७१८ जना मतदाता रहेको बताईएको छ ।