AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्रीमा दावी पेश गरेको केदार कार्कीलाई दाबी फिर्ता लिन काँग्रेसको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ आश्विन २०८०, शुक्रबार १६:३७
837
Shares
विराटनगर / नेपाली काँग्रेसको आधिकारिक निर्णयविरुद्ध विद्रोह गर्दै नेकपा एमालेसँग मिलेर कोशी सरकारको दाबी गरेका केदार कार्कीलाई दाबी फिर्ता लिन कांग्रेसले आग्रह गरेको छ ।

आज विराटनगरमा बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले कार्की र उनलाई मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको हो ।

कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले केदार कार्कीलाई दाबी फिर्ता लिन आग्रह गरेको जानकारी दिए ।

प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई बनाउने सहमित भएको थियो । तर, कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले एमालेसँग मिलेर दाबी पेस गरेपछि यतिबेला कांग्रेसमा विवाद बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर