animated ellipse animated ellipse

तयारी नपुगेको भन्दै एमाले मोरङको अधिवेशन स्थगित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०८०, शुक्रबार १८:०४
513
Shares
विराटनगर / तयारी नपुगेको भन्दै नेकपा एमाले मोरङ जिल्ला कमिटीको दशौँ अधिवेशन स्थगित भएको छ ।

जिल्ला कमिटीको पदाधिकारी बैठकले तयारी नपुगेको भन्दै तत्कालका लागि अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । यसअघि पुस २७ र २८ गते जिल्ला कमिटीको दशौँ अधिवेशन गर्ने तय भएको थियो । अब नयाँ अधिवेशनको मिति जिल्ला कमिटीको बैठकले तोक्ने अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

एमालेले सुरु गरेको मध्यपहाडी लोक मार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका कारण पार्टीको मुख्य नेतृत्व त्यता लागेका कारण निर्धारित समयमा अधिवेशन गर्न नसकिएको पोखरेलले बताए ।

यस्तै बैठकले ११ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ । जसको संयोजकमा जिल्लाका उपाध्यक्ष बाबुराम कार्की छन् । समितिको सदस्यहरुमा शान्ती लिम्बू, सन्तोष साह, रविन थापा, सन्तोष वान्तवा, सोमराज थापा, राम घिमिरे, ईरान राई, मीनकुमार आचार्य, धर्मानन्द खरेल र रिता न्यौपाने रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर