AArya
RUMPUM
animated ellipse animated ellipse

जेनजी पुस्ताको आन्दोलन थेग्न नसकेछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ भाद्र २०८२, मंगलवार ०४:५१
63
Shares
काठमाण्डौ /सरकारले भदौ १९ गतेदेखि बन्द गरेको सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।

जेनजी पुस्तालाई आन्दोलन रोक्न भन्दै माग सम्बोधन गरेको मन्त्री सुब्बाले बताए । जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाण्डौमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्ततः सरकार निर्णयबाट पछि हटेको हो ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर