खबर पूर्वाञ्चल
आइतबार राती झापाको गौरादह ४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी खैरोहिरोइन ब्राउनसुगरसहित कमल गाउँपालिका ५ लवडाँडाबाट पक्राउ परेका हुन्। लवडाँडा स्थीत राजमार्गमा चेकजाँच गर्ने क्रममा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा भण्डारीको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । उनलाइ इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको छ ।