animated ellipse animated ellipse

वर्तमान मेयरले पूर्वाग्रह राखेर हो भने आफ्नो पालामा बनेका सबै संरचना भत्काउन पूर्व मेयर पराजुलीको चुनौती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०८०, बिहीबार १५:५३
2.38k
Shares
विराटनगर / विराटनगर महानगरपालिका पूर्व मेयर एवं कोशी प्रदेशका साँसद भीम पराजुलीले हिमालय रोड भत्काउने तयारी गरिएको भन्दै आक्रोश पाखेका छन् ।

आज विराटनगरमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै साँसद पराजुलीले हिमालय रोडलाई सौन्दर्यकरण गर्ने योजना सम्पन्न गर्नुपर्नेमा भत्काउने तयारी गरेको बताएका हुन् । ‘अहिले त्यो संरचना भत्काउने भन्ने कुरा मिडियाबाट आइरहेका छन् । सौन्दर्यकरणको त्यो एजेण्डा महानगरको मात्र थिएन त्यहाँका पब्लिकको पनि थियो । अहिले भत्काउने भनिदै छ,’ साँसद पराजुलीले भने ‘के के भत्काउने हो ? हिजो महानगरमा एउटै वडा कार्यालयको भवन थिएन बनाइएको छ, अब त्यो भत्काउने ? त्यस बेला बनेका सडकहरु भत्काउने ? सभागृह बनेको छ त्यो पनि भत्काउने ? हिजो मेयरले बनाएको बसपार्क भत्काउने हो कि विद्यालयहरु भत्काउने हो ?’ उनीले पत्रकारसँग आक्रोश पोखे । महानगरपालिकाको वर्तमान नेतृत्वले पूर्वाग्रहपूर्ण ढंगले काम गरिरहेको भन्दै साँसदले निर्माण सम्पन्न हुने चरणमा पुगेको हिमालय रोड भत्काउन नमिल्ने बताए ।

पराजुलीले निर्माण प्रक्रिया अगाडि बढेका योजनाहरुसमेत रोकेर नष्ट गर्ने कार्य गलत हुने भन्दै आक्रोश व्यक्त गरेका थिए । हिमालय रोड सौन्दर्यकरणको एजेण्डा पब्लिकको रहेको दावी गर्दै साँसद पराजुलीले पूर्वाग्रह राखेर हो भने आफ्नो पालामा बनेका सबै संरचना भत्काउन महानगरपालिाकाको वर्तमान नेतृत्वलाई चुनौती दिए । उनले वर्तमान महानगरपालिकाका मेयर नागेश कोइरालाले डिजाइन अनुसारको काम नगराएको र उल्टै भत्काउने तयारी गरिरहेको भन्दै कडा आक्रोश पोखेका थिए । हिमालय रोडमा महानगरले १ करोड ६३ हजार रुपैयाँ लगानी गरिसकेको उनको दावी छ । अहिले केहि व्यक्तिलाई प्रयोग गरेर नियोजित रुपमा आन्दोलन गर्न उकासिएको समेत आरोप छ ।

ठेक्का भएर ठेकेदारले काम अगाडि बढाइसकेको आकासे पुलको योजनासमेत महानगरले रोक्दा राज्य कोषको रकम दुरुपयोग भएको साँसद पराजुलीले बताए । महानगरले तीन ठाउँमा आकासे पुल निर्माण झण्डै आठ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । ठेकेदारले पुलका लागि आवश्यक सामग्री खरिद गरेको वर्षं बित्दासमेत जग्गा विवादले पुल निर्माण अगाडि बढ्न सकेको छैन । जसबाट करोडौंको सामान अलपत्र भएको छ ।

उनले भने ‘आकासे पुलको योजना त्यतिकै थाँती राखिएको छ । अरु थुप्रै योजनाहरु जुन मेरा पालामा सुरु गरिएको थियो त्यसलाई अलपत्र पारेर राख्ने काम भएको छ । यो राम्रो होइन । यो भीम पराजुलका योजना होइनन् समग्र महानगरको योजना हन् । त्यहाँ राज्यकोषको रकम खर्च भएको छ र त्यसको संरक्षण गर्ने, सदुपयोग गर्ने, समृद्ध बनाउने काम महानगरको हुनुपर्छ । एउटा मेयरको पालामा भएको काम अर्काेले भत्काउँदै हिड्न थालियो भने हामी कहाँ पुग्छौं, यसले जनतामा कस्तो सन्देश जान्छ ? यस तर्फ वर्तमान मेयर गम्भीर हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर