AArya
RUMPUM
animated ellipse animated ellipse

बलात्कार मुद्दाका कैदी रुपक पौडेल झुम्का कारागारबाट फरार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०८२, बुधबार १६:१४
180
Shares
विराटनगर / सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन्। जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन्।

जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो। कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन्।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजायको फैसला गरेको थियो। उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर