खबर पूर्वाञ्चल
महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन बढी स्टलहरु रहने महोत्सव संयोजक मिलन थापाले जानकारी दिए । मिल्स भेट्रान्स क्बलले राष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन गर्नको लागि विराटनगर जुट मिल्सको खेल मैदानमा एक वर्षदेखि १५ देखि १६ वर्ष माथिका बालवालिकाहरुलाई प्रशिक्षण गराउँदै आएका छन् । नियमित ७० देखि एक सयसम्म साना बालवालिकाहरु प्रशिक्षणमा रहेका छन् ।
खेलकुद क्षेत्रको विकास गर्दै साना बालवालिकाहरुलाई राष्ट्रिय स्थरसम्म पुग्ने खेलाडी उत्पादन गर्नको लागि सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको मिल्स भेट्रान्स क्लबका अध्यक्ष इन्द्र राज थापाले जानकारी दिए । महोत्सवबाट आम्दानी भएको रकम खेलाडीहरुको प्रशिक्षण खर्च गरिने उनले बताए ।
महोत्सवमा मनोरञ्जनत्मक कार्यक्रमहरु हुने भएको छ । दैनिक राष्ट्रिय र स्थानीय कलाकाहरुबाट मनोरञ्जन प्रदान गर्नुको साथै हस्तकलाका सामाग्री, खाद्य र मनोरञ्जनका स्टलहरु रहने महोत्सव संयोजक थापाले बताए । महोत्सवमा दैनिक २ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ ।
तपाईको प्रतिक्रिया