म्यानमारकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई मण्डल पक्राउ

खबर पूर्वाञ्चल, १४ श्रावण २०७८, बिहीबार १७:०८

विराटनगर / म्यानमारकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका छन् ।

धरान घर बस्दै आएकी म्यानमार घर भएको बताउँने २३ बर्षीया रुपा श्रेष्ठलाई जबरजस्ती करणी गरेकोे आरोपमा झापास्थित ट्राफिक प्रहरी पोष्ट केरखामा कार्यरत मण्डल पक्राउ परेका हुन् । मण्डल विरुद्ध शुक्रबार विराटनगरस्थित १ नं. प्रदेश प्रहरी कार्यालयमा करणीको आरोपमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि प्रहरीले अनुसन्धानका लागि आईतबार उनलाई नियन्त्रणमा लिएको हो । सोमबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए । ‘शनिबार जाहेरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘अहिले म्याद थप गरि अनुसन्धान अघि बढाएका छौं ।’

श्रेष्ठले शुक्रबार असई मण्डलविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी थिईन् । मण्डलले अन्तिम पटक २०७७ चैत २८ गते इटहरी–६ स्थित अरुण होटल एण्ड लजमा लगेर करणी गरेको आरोप महिलाको आरोप छ ।

असार २४ गते विराटनगरमा पत्रकार सम्मेलन गर्दै महिलाले विवाह गर्ने प्रतिबद्धताका साथ ४ वर्ष अघिदेखि मण्डलले करणी गर्दै आएको बताएकी थिईन् । उनीले पछिल्लो ४ वर्षमा प्रदेश १ को मोरङ, सुनसरी, झापा र भोजपुरका आधा दर्जन बढी ठाउँमा सरुवा भईसकेका मण्डलले आफुलाई पनि सरुवा भएकै ठाउँमा डेरा गरि राख्दै आएको जानकारी दिएकी थिईन् । त्यस दौरान एकपटक गर्भ समेत बसेको अवस्थामा मण्डलले ललाईफकाई गर्भपतन गराईदिएको उनको आरोप थियो । गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजात समेत आफुसँग सुरक्षित रहेको उनीले दाबी गरेकी थिईन् ।

पत्रकार सम्मेलनको क्रममा श्रेष्ठले सप्तरी घर भएका मण्डलले पछिल्लो समय आफ्नो जेठी श्रीमतीबाट फोन गरेर आफुलाई धम्क्याउने गरेका आरोप समेत लगाएकी थिईन् । श्रेष्ठ ९ वर्षअघि नातामा मामा पर्ने धरानका मेघराज श्रेष्ठका साथ उनी नेपाल आएकी थिइन् । तर मामाकै सहमतिमा उनको साथी रामकुमार राईले पनि बर्षाैसम्म आफुसँग बलात्कार गरेको महिलाको आरोेप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५