पुरानो रिसिवीका कारण करवामाथि आक्रमण, आक्रमण गर्ने विरुद्ध जाहेरि दिँदा प्रहरीले लिन मानेन्

खबर पूर्वाञ्चल, ६ असार २०७८, आईतवार १८:२९

विराटनगर / मोरङ कटहरी–२ का काठ व्यापारी सञ्जयकुमार करवामाथि आक्रमण गरि निर्घात कुटपिट गरिएको छ ।

कटहरी–२ हल्दीवारीमा जय हनुमान भेनियर उद्योग सञ्चालन गर्दै आएका ५० वर्षीय करवामाथि आक्रमण गरि निर्घात कुटपिट गरिएको हो ।

पुरानो रिसलाई कटहरी गाउँपालिका ३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले यसबेला साँधेको पीडित करवाको भनाई छ ।

कुटपिटबाट करवाको टाउँकोमा गहिरो चोटपटक लागेको छ । बाबुछोराले ढुंगाले आक्रमण गर्दा करवाको टाउँको ६ टाँचा लगाइएको छ । आक्रमण गर्ने उचितलाल धानको काटा गर्ने व्यापारी हुन भने अजय पूर्वाञ्चल विश्वविद्यालय पुसेटका प्रध्यापक हुन् । उचिललालले धानको अवैध कारोबार गर्दै आएको दावी गरिएको छ ।

मरणसन्न हुनेगरि कुटपिट गर्दा पनि मोरङ प्रहरीले जाहेरी नलिएको व्यापारी सञ्जयकुमार करवाले गुनासो गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै करवाले टाउँमा चोटपटक लागेको देखाउँदै कुटपिट गर्ने विरूद्ध मोरङ प्रहरीमा जाहेरी दिँदा पनि दर्ता नगरी उल्टै मिल्न दबाव दिने गरेको गुनासो गरेका हन् ।

‘काम गर्दै गरेको अवस्थामा मलाई एक्कासी आएर बाबुछोराले आक्रमण गरे । कटहरीका स्थानीयले तत्काल विराटनगर पु¥याएर उपचार गरेपछि मेरो ज्यान बाँचेको छ । मोरङ प्रहरी कार्यालयमा पुगेर ज्यान मार्ने उद्योगमा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन मानेको छैन,’ घाइते भएका करवाले पत्रकार सम्मेलनमा भने, ‘अहिले मुद्दा फाँटका प्रहरीले उल्टै पीडक पक्षसँग मिल्न दबाव दिने गरेका छन् ।’ आफूलाई आक्रमण गर्ने बाबुछोरा पहुँचवाला भएकोले प्रहरीले जाहेरी लिन नमानेको उनको भनाई छ ।

‘अहिलेसम्म प्रहरीले घाउँजाच फारम भरेर जाहेर लिन पनि मानेको छैन,’ उनले भने, ‘न्यायको लागि पहल गरिदिनुपर्ने प्रहरी उल्टै पीडक पक्षसँग मिल्न दबाव दिने गरेका छन् ।’ प्रहरीले जाहेरी नलिँदा आक्रमण गर्नेहरू खुलेआम गाउँघरमा हिँड्ने गरेको उनले बताए । ‘यसरी मर्नेगरि कुटपिट गर्दा पनि प्रहरीले जाहेरी लिन मानेको छैन । म त छक्क परेको छु,’ उनले भने, ‘जाहेरी नलिँदा आफूमाथि आक्रमण गर्नेहरू गाउँघरमा खुलेआम हिँडडुल गर्ने गरेका छन् ।’

कटहरी २ मा जमिन भएपनि सञ्जयकुमार करवा विराटनगरमा ७ मा बस्दै आएका छन् । हुलाकी लोकमार्ग विस्तारको क्रममा कटहरी २ मा करवाको ३ कठ्ठा १७ धुर जमिनमध्ये केही भाग भत्काइएको थियो । जेठ २९ गते पसल बनाउन जग्गा छुट्याउन कटहरी २ मा पुगेका उनले सँधियार हरि राजवंशीको घर पूर्वपट्टि छलफल गरिरहेको अवस्थामा मोटसाइकलामा आएका उचितलाल र उनका छोरा अजयले ढुङ्गाले आक्रमण गरेको बताएका छन् ।

‘किन एक्कासी आफुमाथि यसरी आक्रमण भयो, मलाइ कुनै जानकारी छैन,’ करवाले भने, ‘बाबुबाजेको पालामा उहाँहरुको रिस थियो भन्ने मलाई लागेको छ । त्यही रिस फेर्न म माथि आक्रमण भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५