RUMPUM
animated ellipse animated ellipse

शिक्षादीपलाई प्रेस्टिजियस प्लस टु अवार्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ असार २०८०, आईतवार १९:४८
711
Shares
विराटनगर / विराटनगर स्थित शिक्षादीप कलेज प्रेस्टिजियस प्लस टु अवार्ड आउट अफभ्याली सम्मानद्वारा सम्मानित भएको छ ।

आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा कलेजलाई सम्मान गरिएको हो ।

शिक्षादीप कलेजले काठमाण्डौ भ्यालीबाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो । भ्यालीबाहिर सबैभन्दा धेरै विद्यार्र्थी भर्ना हुनेमध्येको एक कलेजको रुपमा शिक्षादीप दरिएको छ । साथै यस कलेजको भौतिक पूर्वाधार, अनुशासन, पठनपाठन, कक्षा ११ र १२ को नतिजा, चिकित्साशिक्षा र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीहरुको संख्या तथा विगत पाँच वर्षदेखिको विद्यार्थी भर्ना दर र कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थीहरुको रोजाइ भएको आदिका आधारमा शिक्षादीपलाई उत्कृष्ट कलेजको रुपमा छनौट गरिएको आयोजकले जनाएको छ ।

सम्मान कलेजका निर्देशक रामचन्द्र अधिकारीले ग्रहण गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर