पूर्वाञ्चल खबर
पछिल्लो तथ्याङकअनुसार कोरोनाको संक्रमणका कारण आज बिहानसम्म आज बिहानसम्म २ लाख ६५ हजार ४५ जनाको ज्यान गएको हो । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ३८ लाख २१ हजार ७ सय २१ रहेको छ भने संक्रमितमध्ये हालसम्म १२ लाख ९९ हजार ५ सय ११ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ७४ हजार ७ सय ९९ जनाको ज्यान गएको छ । बेलायतमा ३० हजार ७६, इटलीमा २९ हजार ६ सय ८४, स्पेनमा २५ हजार ८ सय ५७ तथा फ्रान्समा २५ हजार ८ सय ९ को कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
२२ लाख ५६ हजार ६६२ उपचाररत छन् । जसमध्ये ४८ हजार २ सय १ को अवस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।
नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ९९ जनामा संक्रमण देखिएमा २२ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।