खबर पूर्वाञ्चल
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ -०२-००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका थिए ।
घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल विराटनगर लगिएकोमा बोलेरो चालक विर्तामोड नगरपालिका-२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा घाईते भएका विर्तामोड-२ की ४८ बर्षीया गायत्री भट्टराई र विर्तामोड-४ का ४६ बर्षीय हरि खनालको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
दुर्घटना भएको टिपर चालक सुन्दरहरैचा नगरपालिका-७ मोरङका २३ बर्षीय चन्द्रकुमार बि.क. र बस चालक सुन्दरहरैचा-१२ का ४५ बर्षीय छत्रकुमार मास्केलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।
तपाईको प्रतिक्रिया