पूर्वाञ्चल खबर
कान्तिपुर कलेजसँगको सहकार्यमा ग्यालेक्सी प्रशासनले होटल म्यानेजमेन्टको विशिष्टीकृत कार्यक्रम एडिएचएम सञ्चालन गरिरहेको छ। जसको अध्ययन पश्चात विद्यार्थीहरूले होटल तथा हस्पिटालिटी उद्योगमा आकर्षक रोजगारी तथा उच्च अध्ययनका लागि विभिन्न विश्वप्रसिद्ध युनिभर्सिटीहरूमा क्रेडिट ट्रान्सफर को लाभ लिइरहेका छन्।
स्विट्जरल्याण्ड निवासी कुराटले ग्यालेक्सी कलेजको प्रदर्शन हलमा सोमबार कलेजका निर्देशक तथा शिक्षकहरूसँग प्रशिक्षण सम्पन्न गरेका छन्। त्यसैगरी आज विराटनगरमा ग्यालेक्सी कलेजमा अध्ययन गरिरहेका ३ सय भन्दा बढी विद्यार्थीहरू लाई प्रशिक्षण सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
ग्यालेक्सी कलेजसँगको एक हप्ते बसाइका क्रममा विश्व प्रसिद्ध प्रशिक्षक कुराटले विद्यालय सञ्चालनका विभिन्न क्षेत्रमा विशिष्टीकृत प्रशिक्षण तथा तालिमहरू सञ्चालन गर्ने कुरा विद्यालयका निर्देशक धीजनबाबु काफ्लेले बताएका छन्।