AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतमा शंकास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्साललाई न्याय दिनुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०८१, मंगलवार १८:५८
117
Shares
विराटनगर / भारतमा शंकास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्साललाई न्याय दिनुपर्ने माग गर्दै विराटनगरमा विद्यार्थीहरुले आज प्रदर्शन गरेका छन् ।

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट प्रदर्शन सुरु भएको थियो । विद्यार्थीहरुले रोडशेष चोकमा निक्कै बेर प्रदर्शन गरे । प्रकृतिलाई न्याय दिनुपर्ने माग गर्दै विद्यार्थीहरुले भारतीय राजदूतावासको विरोध गरेका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अवरोधसमेत गरेका थिए । उनीहरुले प्रकृतिलाई न्याय नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । भारत ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणको चौतर्फी विरोध भइरहेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका ४ विद्यार्थी संगठनले विराटनगरमा आन्दोलनको घोषणा नै गरेर प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर