खबर पूर्वाञ्चल
आज वडा प्रहरी कार्यलय (ख )का प्रमुख प्रमोद रायमाझीलाई एमाले वडा कमिटी ८ ले विगत केहि दिनदेखि वडामा बड्दै गएको चोरी नियन्त्रणको ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको हो ।
पार्टीका प्रदेश कमिटी सदस्य बालेश्वर कामत, जिल्ला सदस्य राजन भण्डारी, तिलकुमारी शर्मा, नगर कमिटी सदस्य उषा बराल , बबि देव बुद्धिजिवी जिल्ला कमिटी सदस्य मेघराज श्रेष्ठलगायतले वडा प्रहरी प्रमुख रायमाझीलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख रायमाझी आफुले शान्ती, सुरक्षा र चोरी नियन्त्रणमा सक्दो सहयोग गर्ने सिबिलमा प्रहरी परिचालन र गस्ती बडाउने प्रतिबद्धता ब्यक्त गरे ।
तपाईको प्रतिक्रिया