खबर पूर्वाञ्चल
सो कलेजको नयाँ शैक्षिकसत्रमा ३ सय ५० विद्यार्थी भर्ना भएका छन् । उक्त कलेजले अध्यापन गराउने होटल म्यानेजमेन्ट,विज्ञान,कम्पयुटर साईन्स र ब्यवस्थापनमा सो संख्याका विद्यार्थी भर्ना हुन आएको कलेजले जनाएको छ । यो कलेजको २९ ओैं ब्याच रहेको जनाईएको छ ।
सो अवसरमा बोल्दै कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठले कलेजले सीप र संस्कार सहितको विद्यार्थी उत्पादन गर्दै आएको बताए । उनले कोबासमा अध्ययनगरि गएका विद्यार्थीहरु स्वदेश सहित संसारभरि छरिएर महत्वपूर्ण निकाय र ओहदाहरुमा काम गर्दै आएको समेत बताए ।
सो अवसरमा कोबासमा पढेर विभिन्न निकायमा काम गर्दै आएका पूर्व विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । कोबास कलेजका ब्यवस्थापन समिति अध्यक्ष प्रिया सारडा र प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई मायाको चिनो र खादा सहित सम्मान गरे ।
कार्यक्रमकाबिच नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरे ।
कार्यक्रममा कलेज संचालक समिति अध्यक्ष सुमन कालिकोटे,प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल,प्याब्सनका पूर्व अध्यक्ष सावित्री पराजुली, प्याब्सन विराटनगरका पूर्व अध्यक्ष ईन्द्र राई, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठसहित शैक्षिक तथा वित्तिय संस्था आबद्ध ब्यक्तीत्वहरुले शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा कलेजका विद्यार्थीहरुले ईथिकल ह्याकिङसहित विविध विज्ञान प्रदर्शनी तथा खानपान लगायतका प्रदर्शनी गरेका थिए । गुणस्तरीय शिक्षा प्रर्बधनको उद्धेश्य सहित २०५२ सालमा कोबास कलेजको स्थापना भएको जनाईएको छ ।
तपाईको प्रतिक्रिया