पूर्वाञ्चल खबर
आज सम्पन्न सभामा आर्थीक वर्ष २०७८/०७९ को बजेट संसोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्धबार्षिक प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो ।
नंगरसभाका क्रममा मेयर भीम पराजुलीले जनतासंग निर्वाचिन भएर आउनुभन्दा अगाडी गरेको घोषणापत्रमा उल्लेखित कामहरु ९० प्रतिशतभन्दा बढी पुरा भएको दाबी समेत गरे । प्रत्यक्ष अनुभव हुनेगरी जनताले विकासको अनुभुति गरेको उनको भनाइ थियो ।
मेयर पराजुलीले विराटनगरका १९ वटै वडाका जनप्रतिनिधिहरुले आ आफ्नो वडामा अधितम विकास गरौ भन्ने भावनाका साथ काम गरेको भन्दै प्रशंसा समेत गरे । आफ्नो कार्यकालमा डेढ सय किलोमिटिर भन्दा बढी सडक कालोपत्रे भएको, ६ हजार घरहरु समेटिने गरी ढल प्रणालीसहित फोहरमैला प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन गरिएको , जनताको काममा सहज र सरल बनाउन आधुनिक तथा सुविधा सम्पन्न वडा कार्यालयहरु– वडाहरु ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १८, १९ मा निर्माण गरिएको, आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी काम भइरहेको बताए ।
मेयर पराजुलीले कतिपय कामहरु आफ्नो कार्यकालमा सम्पन्न गर्न नसकिएको पनि बताए । उनले तत्कालिन अवस्थामा संघीय र प्रदेश सरकारको असयोगका कारण धेरै महत्वपूर्ण योजनाका कामहरु सम्पन्न गर्न नसकेको बताए । बाढी र कोरोना संक्रमणका कारण पनि कतिपय कामहरुमा अबरोध भएको उनको भनाइ थियो ।
यस्तै उपमेयर इन्दिरा कार्कीले विराटनगरको विकास द्रुतगतिमा भएको बताइन् । यतिको विकास हामी आएपछिकै हो उपमेयर कार्कीले भनिन“ पछिल्लो समय आएका जनप्रतिनिधिवाट मात्रै विकास सम्भव भएको हो । विराटनगरको समग्र विकास संगै केही काम पुरा नभएको र त्यो काम पुरा हुनेमा आशाबादी रहेको बताइन् ।