RUMPUM
animated ellipse animated ellipse

एसबीएससी चित्रकलाको उपाधि माउन्ट मकालु र चिल्डेन एकाडेमीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७८, शनिबार १८:२२
630
Shares
विराटनगर / ‘एसबीएससी चित्रकला’ प्रतियोगिता उपाधि मोरङको रंगेलीमा रहेको माउन्ट मकालु र चिल्डेन एकाडेमीले जितेको छ ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था (एसबीएससी) मोरङको आयोजनामा विराटनगरस्थित पोलस्टार बोर्डिङ स्कूलमा आज सम्पन्न भएको उक्त प्रतियोगितामा माउन्ट मकालुकी छात्रा चन्चल मण्डलले जुनियर तर्फ र चिल्डेन एकाडेमीकी छात्रा गीता श्रेष्ठले सिनियरतर्फको उपाधि जितेका हुन् ।

कक्षा १ देखि ५ कक्षासम्मको जुनियरतर्फको फस्ट रनरअप विराटनगरस्थित दिल्ली पब्लिक स्कूलका छात्रा इशाना शर्मा र सेकेन्ड रनरअप सुन्दरहरैचा नगरपालिकाको ज्ञान ज्योती एकाडेमीकी छात्रा रोनिका घिमिरे भइन् । यस्तै सान्तवना एभरेष्ट स्कूलकी छात्रा याशिका कार्की र लर्डबुद्ध स्कूलकी छात्रा अनिशा राई घोषित भइन् ।

यस्तै कक्षा ६ देखि १० सम्मको सिनयरतर्फको फस्ट रनरअप रंगेलीका माउन्ट मकालु स्कूलका छात्रा विप्लप विश्वास, सेकेण्ड रनरअप विराटनगरस्थित अर्किड स्कूलका छात्रा गहेन्द्र राजवंशी घोषित भए । सो प्रतियोगिताको सान्तवना पुरस्कार विराटनगरको एभरेष्ट र पोलस्टार स्कूलका छात्रा मोनिका यादव घोषित भइन् ।

प्रतियोगिताको बिजेता, फस्ट रनरअप, सेकेण्ड रनरअप र सान्तवना हुने विद्यार्थीहरुले क्रमश ः पाँच, तीन, दुई र पाँच सय रुपैयाँको साथै ट्रफि, मेडल र प्रमाणपत्र रहेको थियो ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ ८१ सिनियरतर्फ ९७ जना विद्यालयका १ सय ७८ जना विद्यार्थीहरुले भाग लिएको एसबीएससीको अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । बिजेता हुने विद्यार्थीहरुलाई प्याब्सनका केन्द्रीय सचिब राजेशकुमार दास, सदस्य बावुदेब न्यौपाने, प्याब्सन मोरङका कोषाध्यक्षमा बिष्णु डंगोल, एसबीएससीको अध्यक्ष मोहन बुढाथोकी, पुर्व अध्यक्ष इन्द्र कुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रजातन्त्र दिवसको अवसर पारेर एसबीएससीले प्रत्येक वर्ष संस्थागत विद्यालयहरुको विद्यार्थीहरुलाई सहभागि गराएर चित्रलका प्रतियोगिता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर