AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु, मृतकको संख्या १ सय ७ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ आश्विन २०७७, सोमबार २०:३४
549
Shares
विराटनगर / कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेश १ मा मृतकको संख्या १ सय ७ पुगेको छ । जसमा २८ महिला र ७९ जना पुरुष छन् ।

मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ९२ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विशालले जानकारी दिए ।

प्रदेश १ को मोरङमा सवैभन्दा बढी ४६, सुनसरीका ३३, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका एक–एक जना संक्रमितको मृत्यु भएको उनको भनाइ छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएकामध्ये २९ जना विराटनगरका रहेका छन् ।

सोमबार बिहान मात्रै नोबेल अस्पताल विराटनगरमा संक्रमित एक वृद्धसहित दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति एक वृद्ध पुरुष र अर्का पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर