animated ellipse animated ellipse

समृद्धि र विकाससँगै जनताको मुहार फेर्न र जीवनस्तर उकास्न हामी आएका छौ – घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ कार्तिक २०७९, शनिबार १९:१०
90
Shares
विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार जिवन घिमिरेले नेकपा एमालेले मात्र स्थायीत्व, समृद्धि र शुसासन दिन सक्छ भन्ने विगतका सरकारबाट पुष्टि भइसकेको बताएका छन् ।

विराटनगर १० मा भएको कोणसभामा घिमिरेले आफु दोस्रो पटक उम्मेदवार भइरहेको स्मरण गराउँदै भने ‘अघिल्लो पटक भारी मतले विजय गराउनुभयो । जुन विश्वासले जिताउनुभयो, मैले त्यो विश्वास गुम्न दिएको छैन । बरु शिर उचो राख्ने गरि काम गरेको छु । म ३७ महिना मन्त्री भइरहँदा ३७ वटा काम पेश गर्न सक्छु । प्रतिष्पर्र्धीले ५ वर्षका ६० महिनामा ५ वटा काम पनि देखाउन सक्ने अवस्था छैन ।’ उनले थने ‘आज विराटनगर इन्डिकेटरमा छैठौं स्थानमा छ यो कस्ले पुर्यायो ? कति ऋणमा छ कस्ले लगायो ? आखिर हामी जनताको टाउकोमा आएको छ । अब केन्द्र र प्रदेश दुवै सरकार एमालेको बन्नुपर्छ त्यो आधार तयार भएको छ ।’

कांग्रेसले सरकार बनाउन आवश्यक पर्ने सिट संख्या बराबरको उम्मेदवार नै उठाउन नसकेको भन्दै पूर्व सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले एमालेले मात्र बहुमतको सरकार बनाउन सक्ने बताए । उनले प्रदेश र संघका दुवै सरकार एमालेले बनाउँदा प्रदेश र देशले नै विकास र समृद्धिको सपना पूरा गर्ने भन्दै चारवटै सूर्यमा मतदान गरिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर