animated ellipse animated ellipse

यसरी हुँदैछ विराटनगरमा छठको तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ कार्तिक २०७९, शनिबार १८:५५
252
Shares
विराटनगर / तराइ क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी विराटनगरमा पनि शुरु गरिएको छ ।

विराटनगरको सिंघिया, केसलिया खोला र सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ । तिहार सकिएलगतै छठको तयारीमा जुटेको हो ।

छठ पूजा समारोह समिति बनाएर विराटनगर १२ पिचरमा रहेको नहरमा छठ घाट निर्माण कार्यलाई तीव्रता दिइएको छ । यहाँको खोला, नहरमा छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ ।

ब्रतालुले आफ्नै घरमा पनि पोखेरी बनाए छठको घाट तयार गरेका छन् । विराटनगर ९ का औषधी व्यवसायी देशबन्धु ढकालले कोरोना संक्रमण फैलिएपछि आफनै घरमा पोखरी बनाएर छठ पुजा गर्दै आएका छन् । उनले यस पटक पनि घरमै पोखरी बनाएर छठको पुजा गर्ने तयारी गरेका छन् । ४ दिनसम्म विशेष रुपमा मनाईने यो पर्वको पहिलो दिन आज ‘‘नहाय–खाय’ विधिबाट सुरु भएको छ ।

ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य बस्तुहरु नखाने चलन छ ।यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ । छठको पहिलो दिन‘ ‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले दोस्रो दिन अर्थात चौंथी तिथिमा ‘नहाय–खाय’ र तेस्रो दिन पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशायमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिईन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा आएको छ ।

ब्रतालुले आफ्नै घरमा पनि पोखेरी बनाए छठको घाट तयार गरेका छन् । विराटनगर ९ का औषधी व्यवसायी देशबन्धु ढकालले कोरोना संक्रमण फैलिएपछि आफनै घरमा पोखरी बनाएर छठ पुजा गर्दै आएका छन् । उनले यस पटक पनि घरमै पोखरी बनाएर छठको पुजा गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर