पूर्वाञ्चल खबर
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा उनले एक थान मालद आँपको विरुवा रोपेका हुन् । प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रममा प्रदेशलाई फलफुल उत्पादनमा आत्मनिर्भर बनाउने र हरियाली प्रदेशको परिकल्पना गरेको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहाकार धु्रव सुवेदीका अनुसार जन्मोत्सवको अवसरमा आँपको बिरुवा किनेर रोप्दा सकारात्मक सन्देश जानसक्ने मनसाय राखेर उहाँले रोप्नु भएको हो । प्रदेश सरकारले आगामी दशकलाई फलफुल उत्पादन दशक बनाउन कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।