RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा २४ सहित प्रदेश १ मा आज ५५ संक्रमित थपिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०७८, सोमबार १८:५७
369
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा २४ सहित प्रदेशमा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरबाहेक सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७ सय २ पुगेको छ । सक्रमित मध्ये २९ हजार ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ सय १९ पुगेको छ ।

प्रदेश १ मा आज ३ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर