खबर पूर्वाञ्चल
गढी गाउँपालिका वडा नम्बर २ मा भएको निःशुल्क आँखा शिविरमा ३ सय ४९ जना जनाका आँखा परीक्षण भयो भने २४ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग र गढी गाउँपालिकाको सहकार्यमा शिविर गरिएको लायन्स क्लवका जोन चेयरपर्सन घनश्याम पोखरेलले बताए ।
सो अवसरमा अन्य ६ वटा कार्यक्रम पनि गरिएको उनको भनाइ छ । महिलाको महिनावारी समस्या सम्बन्धी सचेतना, वातावरणीय सचेतना, मास्क वितरण, प्रेसर चेकलगायत कार्यक्रम गरिएको हो । कार्यक्रम लायन्स क्लव ३२५ ए वान अन्तर्गत जोन ३६ बाट ५ वटा क्लवबहरुले संयुक्त रुपमा गरेका हुन् ।