AArya
RUMPUM
animated ellipse animated ellipse

बजारमा विषाक्त आँप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०८३, आईतवार ०७:२७
3
Shares
मिलन खरेल
उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालय, डिग्री क्याम्पस, विराटनगर

फलको राजा भनेर चिनिने आँप वास्तवमै एक स्वादिष्ट एवं गुनिलो फल हो। यसमा प्रचुर मात्रामा भिटामिनका साथै शरीरका लागि आवश्यक पोषक तत्वहरू रहेका हुन्छन्।तर हाल बजारमा देखिएका धेरैजसो आँपहरुलाई कृत्रिम रुपमा चाँडै पकाउनका लागि “कार्बाइड” भनिने एक प्रकारको रसायन प्रयोग गरिएको पाइएको छ।अतः स्वास्थ्यका दृष्टिले हानिकारक यस्ता विषाक्त आँपहरू किन्नु र खानु अघि खाँदा होस पुर्‍याउनुपर्ने देखिन्छ।

के होकार्बाइड?
“कार्बाइड” भनेको रसायनिक भाषामा क्याल्सियम कार्बाइट नामक यौगिक हो। जसलाई“सिएसीटु”आणविक सूत्रबाट चिनिन्छ। यसको प्रयोग रासायनिक मल बनाउन तथा धातुलाई पगालेर जोड्ने वेल्डिङ गर्ने “एसिटाइलिन” नामक ज्वाला निर्माणमा गर्ने गरिन्छ।तर हाल आँप, केरा स्याउ जस्ता फलफुलहरूलाई अप्राकृतिक रूपले पकाउनका निम्ति यसको दुरुपयोग गरिएको पाइएको छ। विश्वका धेरै देशहरूमा फल पकाउनका लागि कारबाहीको प्रयोग निषेध गरिएको छ।

यसमा के हुन्छ?
कार्बाइडमा क्यान्सर समेत लगाउन सक्ने कार्सिनोजेनिक भनिने आर्सेनिक तथा फस्फोरस नाम गरेका हानिकारक तत्वहरू रहेका हुन्छन्।यो क्याल्सियम कार्बाइड पानीको सम्पर्कमा आएपछि “एसिटाइलिन” नामको ग्यास उत्पादन गर्दछ। जसले फलफुलहरुलाई अप्राकृतिक रुपले चाँडोभन्दा चाँडो पकाइदिने गर्दछ।

खाएमा के हुन्छ ?
कार्बाइडको प्रयोग गरी यसरी कृत्रिम रुपमा पकाइएका आँप वा अन्य फल खाँदा बान्ता हुने, एलर्जी हुने, झाडापखाला लाग्ने, मुखमा घाउ खटिरा आउने, छाती पोल्ने, तिर्खा लाग्ने, पेट पोल्ने, घाँटी दुख्ने,आँखा पोल्ने,शरीर कमजोर हुने, आन्द्रामा अल्सर हुने, छालामा डाबर आउने, हर्मोनको गडबडी हुने, गर्भवती महिलामा गर्भपतनको जोखिम बढ्ने,त्यस्ता आमाबाट जन्मने बच्चामा समेत खराबी देखिने जस्ता समस्याहरू देखापर्ने गर्दछन्।

चिन्ने कसरी ?
कार्बाइडको प्रयोग गरी पकाइएको आँपको सम्पूर्ण बाहिरी सतह, छाला या बोक्रा एकनासको अत्याधिक पहेलो रङको हुने गर्दछ। यस्तो आपको बोक्रामा ठाउँ ठाउँमा गाढा हरियो टाटा, दाग वा धब्बा जस्तो हुने गर्दछ। यस्ता आँपको न त प्राकृतिक रूपमा पाकेको आँपको जस्तो हरर सुगन्ध वास्ना आउँछ न त यो त्यति गुलियो रसिलो र स्वादिलो नै हुन्छ। यसको गुदी पनि अलि सुखा किसिमको र राम्रोसँग नपाकेको जस्तो हुने गर्दछ।

बच्ने कसरी ?
कार्बाइडयुक्त आँप नकिनौ र खाँदै नखाउँ ।शंकास्पद आँपलाई खानुअघि ५ देखि १) मिनेटसम्म पानीमा डुबाउने या धारामा राखेर राम्रोसँग पखाल्ने गरौं।यसो गर्नाले आँपको बाहिरी भागमा रहेका हानिकारक रसायनहरु केही पखालिएर जान्छ।यद्यपि यो खानको लागि भने पूर्ण रुपमा सुरक्षित हुँदैन। आँपलाईनुनपानीको घोलमा केहीबेर डुबाएर राख्नाले पनि कार्बाइडको असर केही कम हुने देखिएको छ। त्यसैले सम्बन्धित निकायले नियमित रुपमा बजार अनुगमन गरी शंकास्पद आँपहरुको नमुनालाइ प्रयोगशालामा परीक्षणगरी यदि कार्बाइडको प्रयोग गरी पकाएको फेला परेमा दोषीलाई कानुन बमोजिम कारबाही गर्नु पर्दछ।कार्बाइडको असरबारे उपभोक्ता तथा व्यापारीहरुमा जनचेतना फैलाउनु पर्छ।अतः आँपखाँदा सजग बनौँ।काँचो आँप किनेर घरमै राखेरपाकेपछि खाने गरौं।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर