महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार नगर सभाको दर्शौ अधिवेशनबाट आगमी आर्थिक वर्षको चालु तथा पुँजीगततर्फको बजेट सार्वजनिक गरेकी हुन् ।
चालु आर्थिक वर्षको लागि ४ अर्ब ६३ करोड २ लाख ८१ हजार ५ सय रुपैयाँ बजेट ल्याएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ४ करोड ७१ लाख ४ हजार ५ सय रूपैयाँ कम बजेट ल्याएको हो ।
महानगरपालिकाको आगामी आवका लागि व्यतर्फ कूल बजेटमध्ये प्रशासनिक क्षेत्रतर्फमा ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्रतर्फ २७ करोड ७३ लाख, सामाजिक विकास क्षेत्रतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख र वातवरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ ३ करोड ६० लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ ।
यसैगरि आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाको लागि ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजना लागि २९ करोड, क्रमागथत योजनाको भुक्तानीका लागि ४० करोड, आरयूडिपीबाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरि ममर्तसम्भारका लागि १४ करोड, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्य्रको लागि २ करोड ५० लाख, समपुरक कोष ४ करोड ८० लाख विनायोजन गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिइन् ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ ४ करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँड १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब, जनसहाभागिता ८ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख, अन्य संघसंस्था ३ करोड ६० लाख हुने अुनमान गरेको उपप्रमुख कार्कीले बताइन् ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि शैक्षिक विकास कार्यक्रममा ७ करोड ७० लाख, युवा विकास कार्यक्रममा १ करोड १० लाख, स्वास्थ्य विकास कार्यक्रममा ५ करोड ५० लाख रुपैयाँ बजेट बिनायोजन गरेको छ ।
तपाईको प्रतिक्रिया