animated ellipse animated ellipse

वल्र्डभिजन इन्टरनेशनलद्वारा प्रदेश १ सरकारलाई पीपीई सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७७, मंगलवार १९:५४
3
Shares
विराटनगर / देशमा कोरोना भाइरसको महामारी फैलन सक्ने अवस्थाबारे चासो बढी रहँदा वल्र्ड भिजन इन्टरनेशनल नेपालले प्रदेश १ सरकारलाई २ सय १५ पीपीई र ३२ इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ ।

आज मूख्यमन्त्रीको कार्यालयमा प्रदेश १ का मूख्यमन्त्री शेरधन राईलाई वल्र्ड भिजन इन्टरनेशनल नेपालले हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका प्रत्येक सेटमा पीपीई लगायत अन्य चिकित्सा प्रयोगका गरी १९ सामग्रीहरु रहेका छन् । उक्त पीपीई सहयोग वल्र्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो तीन महिने कोभिड—१९ प्रतिकार्य योजना अन्तर्गत गरेकाहो जसकोे उद्देश्य नेपाल सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न मद्दत गर्नुका साथै कोभिड—१९ प्रभावित बालबालिका, महिला तथा अत्तिजोखिममा रहेका समुदायहरुलाई सहयोग गर्नु हो ।

हस्तान्तरण पछि बोल्दै मुख्यन्त्री राईले प्रदेश १ मा कोरोनाको लक्षण देखिएको र त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकार सफल रहेको बताए । वल्र्डभिजन संस्थाले विपद्को अवस्थामा ब्यक्तिगत सुरक्षाको समाग्री अहिले सम्मकै उच्चस्तरको पी.पी.इ. सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । प्रदान गरिएको पी.पी.ई.लाई प्राविधिक जनशक्ति तथा डाक्टरहरुलाई दिने र सामानको सही सदुपयोग गर्ने प्रतिवद्धता समेत मुख्यमन्त्री राईले गरे ।

वल्र्ड भिजन इन्टरनेसनल फिल्ड कार्यालयका फिल्ड प्रवन्धक विनय अमात्यले कोविड १९ को प्रतिकार्यको लागि पहिलो चरणमा संघ, प्रदेश तथा स्थानीय तहलाई सहयोग गर्ने योजना अनुरुप पी.पी.इ र इन्फ्रारेड थर्ममिटर आवश्यकताको आधारमा सहयोग गरेको र अगामी दिनमा पनि थप सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धता ब्यक्तः गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर