आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु

खबर पूर्वाञ्चल, ८ मंसिर २०७९, बिहीबार २१:१३
99
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको आज विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । तालिममा महानगर प्रहरी र वारुण यन्त्रका २० जना कर्मचारी सहभागी छन् । उनीहरुलाई काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिनेछन् ।

तालिममा आगलागी भएको स्थानमा जाँदा र आगलागी नियन्त्रण गर्दा अपनाउनुपर्ने सावधानीलगायत सैद्धान्तिक र व्यवहारिक रुपमै जानकारी गराइनेछ । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले संविधानले नै स्थानीय सरकारलाई नगर प्रहरी राख्ने अधिकार दिएको बताए । उनले मेयरलाई दिएको २२ वटा अधिकारमध्ये नगर प्रहरी पहिलो नम्बरमा रहेको जानकारी दिए । “हिजो सिंहदरबारमा भएका सबै अधिकार अहिले स्थानीय तहमा आएको छ,” कोइरालाले भने, “स्थानीय सरकारलाई सफल बनाउन नगर प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ ।”

तालिम उद्घाटन समारोहमा महानगरका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहाल, विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपानेलगायतको सहभागिता रहेको थियो । तालिम पुष्पलालचोकस्थित वारुणयन्त्र कार्यालय परिसरमा हुनेछ । बिहान ८ देखि साँझ सवा ५ बजेसम्म ६ कार्यदिन तालिम सञ्चालन हुने महानगर प्रहरीका निरीक्षक पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५