AArya
RUMPUM
animated ellipse animated ellipse

उभौली पर्व अमेरिकामा सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाईयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ बैशाख २०८२, सोमबार १७:४८
45
Shares
विराटनगर / २५६९ औं बुद्ध जयन्ती तथा उभौली पर्वका अवसरमा अमेरिकमा विविध सांस्कृतिक कार्यक्रम गरि मनाईएको छ ।

विश्व शान्ति मानव एकता र जिवित प्राणीहरूको रक्षार्थ यस वर्षको उभौली पर्व अमेरिकामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि आइतवार मनाईको हो ।

किराँत कल्चरल सोसाइटी अफ फिर पिट्सवर्क अमेरिकाले विभिन्न जात–जाती र संघ संस्थाको सहभागितामा सांस्कृतिक कार्यक्रमको आयोजना गरि २०८२ सालको उभौली पर्व मनाएको हो । उभौली पर्वको अवसरमा विश्व शान्ति, मानव एकता र जिवित प्राणीहरुको रक्षार्थ पुजाआजा गरि कार्यक्रम मनाइएको थियो ।

कार्यक्रममा पिट्सवर्क शहरमा रहेको नेवार समाज, गुरुङ, बुद्धिष्ट कम्युनिटी, किरात राई यायोक्खा, हिमालय फाउण्डेसन, ओमकार परिवार, तामाङ समाज तथा आयोजक कमिटीको तर्फवाट विभिन्न जातीय तथा परम्परागत सांस्कृतिक नृत्य र गितहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली सांगितिक रियालिटी सो ‘द भ्वाइस अफ लिड्स सिजन–३ ’ की विजेता अनुया तामाङले पनि विभिन्न गित प्रस्तुत गरेकी थिइन । कार्यक्रमका प्रमुख अतिथि केसी ओएका नरेश लावती र विशेष अतिथि मिरा लोहरुङ रहेका थिए।

कार्यक्रम सोसाइटीका अध्यक्ष जीवन सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सागर मुकारुङ, राधा राई र पुनम राइले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर