AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा ५० मत पनि कटाउन नसक्ने उम्मेदवारको लर्को

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०८२, बुधबार १६:००
171
Shares
विराटनगर / हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

‘जेन–जी’ आन्दोलनपश्चात् अन्तरिम सरकारले तय गरेको फागुन २१ गतेको निर्वाचन मोरङमा शान्त र सुरक्षित तवरले सम्पन्न भयो । यसपटकको निर्वाचन विगतको तुलनामा निकै फरक र रोचक देखिएको छ ।

एकतर्फ देशभर ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने देशभरीमा १२ जना प्रभावशाली उम्मेदवार देखिए भने कोशी प्रदेशमा मात्रै ४ जनाले यो सफलता हात पारे । तर, अर्कोतर्फ मोरङमा यस्ता उम्मेदवारको पनि लर्को देखियो, जसले ५० मतको सामान्य आँकडासमेत पार गर्न सकेनन् । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा चुनावी मैदानमा उत्रिएका कुल १ सय १० उम्मेदवारमध्ये ३२ जनाले ५० मत पनि कटाउन सकेनन् ।

कुल ७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा ५ लाख ५५ हजार १४ मत खसेको थियो। यस पटकको निर्वाचनमा मोरङका ६ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू क्लिन स्वीप गर्दै विजयी भएका छन् । ५० मत पनि ल्याउन नसक्ने उम्मेदवारहरूको संख्या सबैभन्दा बढी क्षेत्र नं. ५ मा छ भने सबैभन्दा कम क्षेत्र नं. ६ मा देखिएको छ ।

मोरङ १ मा १७ उम्मेदवार रहेकामा ६ जनाले ५० मत कटाउन सकेनन्। ‘दूरबिन’ चिह्नका स्वतन्त्र उम्मेदवार ईश्वर वाग्लेले ४०, ‘ठेकी’ चिह्नका यामप्रसाद दाहालले ३९, ‘कलश’ चिह्नका मिलन भण्डारीले ३१ र ‘घर’ चिह्नका फिबराज लिम्बूले ३० मत प्राप्त गरे। यस्तै ‘कैँची’ चिह्नका पशुपति घिमिरे १७ र मितेरी पार्टी नेपालका डिल्लीराम लिम्बू (ढोका चिह्न) ले १२ मत पाए। यस क्षेत्रबाट रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३३६ मतसहित विजयी भएका छन्। यहाँ ७७ हजार ५८५ मत खसेको थियो।

मोरङ २ मा १७ उम्मेदवारमध्ये तीनजनाले ५० मत कटाउन सकेनन्। ‘आँप’ चिह्नका स्वतन्त्र उम्मेदवार राजन निरौलाले ४८, ‘कैँची’ चिह्नका बुधु ऋषिदेवले ३५ र ‘क्यामेरा’ चिह्नका नरेशकुमार साहले १८ मत प्राप्त गरे। यस क्षेत्रबाट रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मत ल्याएर विजयी भए। यहाँ कुल ८१ हजार ३४५ मत खसेको थियो।

मोरङ ३ मा १८ उम्मेदवारमध्ये पाँचजनाले ५० मत कटाउन सकेनन् । जय मातृभूमि पार्टीका उम्मेदवार नवराज मास्केले ४९, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका भुवनकुमार वाग्लेले ३१, जनता समाजवादी पार्टी नेपालका मजेबुल रहमानले १८ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवाहरू गणेश मिश्रले ४४ र तेजप्रसाद भण्डारीले ३० मत ल्याएका छन्। यस क्षेत्रमा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतका साथ विजयी भए । यहाँ कुल ९६ हजार ६७७ मत खसेको थियो ।

मोरङ ४ मा १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। जसमा ६ जनाले ५० मत कटाएनन् । स्वतन्त्र उम्मेदवार भक्तमणि दाहाल (मुढा चिह्न) ले ४०, नागरिक उन्मुक्ति पार्टी नेपालका हरिनारायण चौधरीले ३८, नेपाल मजदुर किसान पार्टीका जयराम थारूले २९, स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र खत्रीले २५, विनोदकुमार कार्कीले १७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार हरनु मुसहरले ११ मत पाएका छन् । यस क्षेत्रबाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर निर्वाचित भए ।

मोरङ ५ सबैभन्दा बढी उम्मेदवार रहेको यस क्षेत्रमा २२ मध्ये १० जनाले ५० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरू राजकुमार राजवंशीले ४७, सुजितकुमार साहले २८, ममता यादवले १३, विकास श्रेष्ठले ११, सूर्यनारायण ठाकुरले ५ र जय नारायण शर्माले ३ मत मात्र पाए । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनकी सकुन्तला श्रेष्ठले १७, नेमकिपाकी गंगा कुमारी राजवंशीले २२, राष्ट्रिय मुक्ति पार्टीका नरेश कुमार लभले २८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मंगल ऋषिदेवले ३४ मत प्राप्त गरे । यस क्षेत्रमा रास्वपाकी आशा झा ३० हजार ४३४ मतसहित विजयी भइन् । यहाँ ७८ हजार ५२९ मत खसेको थियो ।

मोरङ ६ मा १७ उम्मेदवार रहेको यस क्षेत्रमा २ जनाले मात्र ५० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवार किरण खड्काले ३९ र खडानन्द रिजालले ३५ मत प्राप्त गरे । यस क्षेत्रबाट रास्वपाकी रुबिना आचार्य ५५ हजार ५१३ मतका साथ भारी मतले निर्वाचित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर