मातृभूमि नेपालद्वारा राष्ट्रिय क्रिकेट खेलाडी राजवंशी र कँडेललाई सम्मान

खबर पूर्वाञ्चल, ७ चैत्र २०७९, मंगलवार २०:५७
225
Shares

विराटनगर / सामाजिक क्षेत्रमा कार्य गर्ने मातृभूमि नेपालले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश कँडेललाई आज साँझ विराटनगरमा सम्मान गरेको छ ।

नेपाल खेलकूद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत र मातृभूमिका अध्यक्ष मोहम्मद चाँद इराकीले नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट सदस्यद्वय राजवंशी र कँडेललाई संयुक्त्त रुपमा सम्मान गरे । महासङ्घका केन्द्रीय अध्यक्ष बस्नेतले राज्यले खेलाडीहरुलाई सम्मान, प्रोत्साहन भत्ता एवं जिविकोपार्जनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

मातृभूमिका अध्यक्ष इराकी, विराट खेलकूद क्लवका अध्यक्ष मोहम्मद नसशरुल, पूर्व खेलाडी रोशन वुढाथोकी र समाजसेवी अनुजा कोइरालाले युवाहरुलाई सकारात्मक वाटोमा लाग्न आग्रह गर्दै विश्व कपमा विजयी भएर आउनुका लागि शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५