animated ellipse animated ellipse

जिल्ला स्तरिय बादविवादमा विराटनगरका एभरेष्टका अभिनव प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०८०, मंगलवार १८:४३
405
Shares
विराटनगर / स्व.चुडामणी न्योपाने स्मृती जिल्ला स्तरिय अन्तर स्कुल बादविवादमा विराटनगरको एभरेष्ट स्कूल प्रथम भएको छ ।

मोरङको वुढीगंगा गाउँपालिकामा रहेको स्मृती स्कुलले आयोजना गरेको जिल्ला स्तरिय अन्तर स्कुल बादविवादमा एभरेष्ट स्कूल प्रथम भएको हो । सामाजिक सञ्जालको प्रयोग ः नविन ज्ञानको प्राप्ती कि समयको दुरुपयोग भन्ने शिर्षकको विपक्ष बोलेका एभरेष्टका अभिनव बस्नेत प्रथम भ एभने जुपिटर स्कुलकी प्रगती अधिकारी दोस्रो तथा रेड स्टारका आर्दश बराल तेस्रो भए ।

त्यैसतै पक्षमा बोलेका साझिलाल माविकी आरती अधिकारी प्रथम स्थान हासिल गर्दा डिएभीका सेजल मेहता दोस्रो तथा रेड स्कटारकी सन्ध्या खडका तस्रो भइन् ।

विजेता हुनेले नगद १५–१५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १३–१३ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेले ११–११ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात गरेका छन् ।

प्रतियोगिताको निर्णायकमा प्रसिद्ध लेखक सुबिन भट्टराई, प्राध्यापक भेसजा काफ्ले र सिस्नोपानी नेपालका सचिव सरोज घिमिरे रहरेका थिए । प्रतयोगितमा मोरङका निजि तथा सामुदायिक गरि ४० स्कुलको सहभागि रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर