खबर पूर्वाञ्चल
प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
प्रहरीले प्रश्नपत्र आउट गरेको आरोपम पियुका कर्मचारी विराटनगर ८ का ४४ वर्षिय कोमलप्रसाद गौतम, विद्यार्थीहरू संखुवासभाको मादी नगरपालिका ६ का ३५ वर्षिय गोपाल कार्की, रुपेन्देहीको तिलोचन नगरपालिका १२ का ३० वर्षिय विजय पोखरेल, गोर्खाको भीमसेन थापा गाउँपालिका १ का ३२ वर्षिय मिनप्रसाद भट्ट, गण्डगी गाउँपालिका ३ का ३१ वर्षिय भरत पन्त, सोही गाउँपालिका २६ वर्षिय विकाश खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का २९ वर्षिय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपाकिला ७ का २९ वर्षिय जीवनकुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भइ भक्तपुर लोकन्थली बस्दै आएका २६ वर्षिय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये कार्की विद्यार्थी नेता हुन् । उनले पियुका कर्मचारी गौतमलाई लाखौं रुपैयाँ मोटो रकम दिने मौखिक सम्झौता गरि प्रश्नपत्र आउट गरेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ । ‘कार्की पियूका पूर्व विद्यार्थी पनि हुन्,’ मोरङ प्रहरीका एसपी सन्तोष खड्काले भने, ‘कर्मचारी गौतमलाई मोटो रकम दिने सहमति गरेपछि प्रश्नपत्र आउट गरेको प्ररम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’ कार्कीले पनि पक्राउ परेका इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी विजय पोखरेलसँग ८० हजार रुपैयाँ लिएपछि आउट भएको प्रश्नपत्र बिक्री गरेका थिए । त्यसपछि विजयले अन्य पक्राउ परेका विद्यार्थीहरूसँग १० देखि २० हजार रुपैयाँ लिएको प्ररम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको एसपी खड्काले बताए । उनीहरूले कति जनासँग पैसाँ लिएर एकमुष्ट रकम लिए त्यो खुलिसकेको छैन । अहिले अनुसन्धानको क्रममा रहेकोले पछि खुल्दै जाने एसपी खड्काले बताए ।
पक्राउ परेका मध्ये ८ जना इन्जिनियरिङ संकाय स्नातक दोस्रो सेमिस्टरका विद्यार्थी हुन् । कार्की विद्यार्थी नेता र गौतम पियुका कर्मचारी हुन् ।