पूर्वाञ्चल खबर
विराटनरको शहिद मैदानमा रहेको कवर्ड हलमा एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट हुने खेलाडि अमृता राजवंशी र मौसम राईलाई २५ हजार बराबरको खेल समाग्रि हस्तान्तरण गरिएको हो । उनीहरुलाई उक्त खेल समाग्रि डा. सतेन्द्र राउत, डा. भास्कर झा र युवा उद्यमी सागरराज ढुंगानाको. सहयोगमा उक्त खेल समाग्रि वितरण गरिुको करातेका मुख्य प्रशिक्षक विमल पोखरेलले जानकारी गराए ।
रनिङ सिल्डमा अमृता प्रथम र मौसमले दोस्रो स्थान हात पारेका थिए । खेल सामाग्री साथै खेल पोशाक ट्याक सुट र जुत्ता समेत सहयोग उपलब्ध गाराएको प्रशिक्षक पोखरेलले बताए । सोहि अवसरमा मुख्य प्रशिक्षक पोखरेललाइृ समेत सम्मान गरिुको थियो ।