खबर पूर्वाञ्चल
मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकी हुन् । उनले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको बताइन् । कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने मन्त्री राईले बताइन् । प्रतिवेदन ग्रहण गर्दै उनले भनिन,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’
प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्ने मन्त्री राईको भनाई छ । उनले बनमारा मासेर कोदो लगाईने बताइन् । मन्त्री राईले भनिन,‘ गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपीने छ ।’ मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारी गर्नुपर्ने बताइन् । उनले भन्नुभयो,‘विदेशीहरु नेपाली उत्पादन खोजेर बसेका छन् , हामी दिन सकिरहेका छैनौं ।’ व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधार समेत रहेको बताउँदै उनले सयौं योजनाहरु यसमा रहेको बताइन् ।
नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उनको दावी छ । उनले गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिइन् ।
कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूणै लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताए । उनले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।