AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता पुर्णिया विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०८२, बुधबार १८:२६
171
Shares
विराटनगर / प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा भएको अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा पुर्णिया विजयी भएको छ ।

आज भएको खेलमा पुर्णियाले आयोजक प्रशान्त क्रिकेट क्लवलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुर्णियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो । पुर्णियाका प्लेयर अफ म्याच शिसिर साकेतले ६१ रन बनाउँदा भास्कर दुवेले ५८ रनको योगदान दिए । प्रशान्तका अर्वितले २ विकेट लिँदा शैफ र आशुतोषले पनि २ विकेट लिए ।

२ सय २७ रनको लक्ष्य पाएको प्रशान्तले १८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३६ बन मात्र बनायो । प्रशान्तका महमद नासिरले सर्वाधिक २९ रन बनाए । पुर्णियाका शिसिर साकेतले ३ विकेट लिँदा आयनले पनि ३ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर