animated ellipse animated ellipse

निर्वाचनमा मत्रपत्र बदर हुनु दुर्भाग्य हो– प्रमुख निर्वाचन आयुक्त्त थपलिया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०७९, आईतवार ०८:२५
63
Shares
विराटनगर / निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त्त दिनेशकुमार थपलियाले मङ्सीर ४ गते सम्पन्न निर्वाचनको माध्यमवाट प्रतिनिधि सभामा २७५ तथा प्रदेश सभातर्फ ५५० गरी ८२५ जना सदस्यहरु शासकीय प्रणालीमा सहभागी हुनु भएको बताएका छन् ।

आयोगद्वारा प्रदेश १ प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले तयार पारेको प्रतिवेदन अनुसार प्रदेश १ को प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पुरुष ५४ र महिला दुई जना गरी ५६ र समानुपातिक निर्वाचन प्रणालीतर्फ पुरुष छ र महिला ३१ गरी ३७ जना गरी जम्मा ९३ जना निर्वाचित भएको बताए ।

उनले निर्वाचनमा मत्रपत्र बदर हुनु दुर्भाग्य हो भन्दै निर्वाचनमा खटिएका कर्मचारी,सुरक्षा निकाय कतैपनि आफ्ना स्वार्थसिद्ध गर्नेतर्फ नभई निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नेतर्फ रहेको आयोगले महशुस गरेको बताए ।

प्रमुख आयुक्त्त थपलियाले निर्वाचनमा कर्मचारीहरुले निष्ठापूर्वक काम गरेको भन्दै आयोगले निर्वाचनमा कुनैपनि त्रुटी हुन नदिन नयाँ कानून तर्जुमा गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर