खबर पूर्वाञ्चल
दुबईमा भएको लिगको अन्तिम खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । जित पछि नेपालले १२ खेलमा ६ मा जित र ६ मा पराजित हुँदै १२ अंककासाथ लिगमा छैठौ स्थानमा रहेको छ ।
दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे ।
भुर्तेलले ५० रन बनाएर आउट भए भने आरिफ शेख ५९ रन र रोहित पौडेल ४४ रनमा अविजित रहँदा आसिफ शेखले २ र दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए । पीएनजीका चार्लीज अमिनले २ विकेट लिँदा अली नौले १ विकेट लिए ।
यस अघि टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।