RUMPUM
animated ellipse animated ellipse

बुढानीलकण्ठ स्कूलमा बार्षिक पूरस्कार वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ माघ २०८०, मंगलवार १७:२३
315
Shares
विराटनगर / शिक्षा क्षेत्रमा सदैब अग्रणी स्थान हासिल गर्न सफल बिराटनगर – २मा रहेको बुढानिलकण्ठ अंग्रेजी मा.वि मा वार्षिक पूरस्कार वितरण समारोहको आयोजना गरेको छ ।

समारोहमा गत शैक्षिकसत्र २०७९ को हरेक कक्षाबाट प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई पनि पूरस्कार तथा प्रसंसापत्र वितरण गरिएको थियो ।

शैक्षिक पूरस्कार तर्फ शैक्षिकसत्र २०७९ का लागि कक्षा नर्सरी देखि यूकेजीसम्मकै उच्चतम अंक ल्याउने छात्र अपेक्षा माझीलाई नगद पूरस्कार तीन हजार, कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्र रिशव चौलागाईलाई नगद पूरस्कार चार हजार र कक्षा ६ देखि ९ सम्मको उच्चतम अंक ल्याउने छात्रा सनिसा शाक्यलाई नगद पूरस्कार छ हजारका साथै शैक्षिकसत्रका उक्त पूरस्कृत विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र आ–आफ्ना अविभावकका साथ स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले प्रदान गरे ।

स्कूलमा हरेक कक्षामा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई मासीक शुल्कमा क्रमशः ७५%, ५०% र २५% छुट दिने ब्यवस्था पनि गरिएको छ ।

पूरस्कारकै व्रmममा स्कूलकै उतकृष्ट छात्रको उपाधी बिप्लव नेपाल, उत्कृष्ट छात्राको उपाधी साम्राज्ञी बस्नेत र उत्कृष्ट अराउण्डरको उपाधी सिरीन भट्टराईले प्राप्त गरेका थिए ।

हाउस तर्पm हरेक बुधवार हुने कार्यव्रmम तथा अन्य सम्पुर्ण शैक्षिक गतिविधीको आधारमा धेरै अंक प्राप्त गरेर निलो हाउस विजेता भएको थियो । उक्त कार्यव्रmममा स्कूलका प्रिन्सिपल भट्टराईले पूरस्कार पाउने बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर