पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३०८ संक्रमणमुक्त, थपिए २५२ संक्रमित

खबर पूर्वाञ्चल, ३ श्रावण २०७८, आईतवार १७:१२

विराटनगर/ प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७२ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना कोरोना संक्रमित थपिएका छन् । जस्मा ११४ महिला र १३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार झापामा ८७, मोरङमा ६७, सुनसरीमा ६४, धनकुटामा ७, इलाम, ते¥हथुम र उदयपुरमा ४–४, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा २४, विर्तामोडमा १६, कनकाईमा १३, अर्जुनधारामा ९, मेचीनगरमा ७, शिवसताक्षी र भद्रपुरमा ५–५, कमल गाउँपालिकामा ३, बुद्धशान्तिमा २, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २९, उर्लाबारीमा १४, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ४, रंगेलीमा ३, बेलबारीमा २, बुढीगंगा, केराबारी, लेटाङ, कानेपोखरी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ४९, धरानमा ५, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, धनकुटाको साँघुरीगढीमा ५, धनकुटा नगरपालिकामा २, इलामको इलाम नगरपालिका, माई, देउमाई र रोङमा १–१, ते¥हथुमको मेन्छेयायेममा २, म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, पाँचथरको फिदिममा १, भोजपुरको षडानन्दमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५७२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५