AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजद्वारा विपन्न ५० परिवारलाई चामल वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ असार २०७८, बुधबार १५:३०
1.47k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा रहेको हिमालय दर्शन कलेज शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ ।

आज कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजले जिपी फाउण्डेशन प्रदेश १ को नेतृत्वमा लकडाउनको अवधिमा अति विपन्न ५० परिवारलाई पुग्ने खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कलेजले फाउण्डेशन प्रदेश १ का अध्यक्ष शैलेन्द्रराज शिवाकोटीको नेतृत्वमा आएको टोलीलाई १५ केजीको दरले ५० पुग्ने चामल वितरण गरेको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । उक्त चामल विराटनगर–१९ मा रहेका मुसर वस्तीका ५) परिवारलाई भोली विहिबार लगेर वितरण गर्ने फाउण्डेशनका प्रदेश १ अध्यक्ष शिवाकोटीले बताए ।

उक्त चामल कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशद्वय भेषराज पोखरेल र ज्ञानबहादुर खडका, कलेजका संस्थापकहरु र विद्यार्थीहरु वितरण गरे । यस अघि कलेजले विभिन्न संस्थाहरुलाई राहतस्वरुप चामल वितरण गरेको थियो ।

हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा लागी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर