RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ४ सहिता प्रदेश १ मा आज ९ संक्रमित थपिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०७७, बुधबार १६:२०
3
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ४ सहिता प्रदेश १ मा आज थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयकाप्रवक्ता डा. सुरेश मेहताले बताए ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५पुगेको छ । प्रदेश १ मा आज ८ सय ६९ जनाको पीसीआर परीक्षणगरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताए ।

प्रदेश १ मा आजसम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर